विराटनगरमा गुडिरहेको टिपरमा आगलागी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार १७:०१

विराटनगर । विराटनगरमा गुडिरहेको टिपरमा आज (सोमबार) दिउँसो आगलागी भएको छ ।

विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा दिउँसो २ः३० बजेतिर एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।

टिपरमा आगलागीको कारण पत्ता लागको छैन । यद्यपि, तार सर्ट हुँदा घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगोले टिपरको अगाडिको भाग जलेर क्षति पुगेको छ । घटनामा मानवीय क्षति भने भएन । घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.