विराटनगरमा बिहानैदेखि वर्षा, यस्तो छ आजको मौसम

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार ०६:३७

विराटनगर । विराटनगरमा मंगलबार बिहानदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरसहित देशका केही क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । यही प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

मंगलबार राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । हिमाली भूभागका एकरदुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.