अपांगता भएका व्यक्तिहरुको प्रतिभा खोजी कार्यक्रम विराटनगरमा

Share this
845shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २१:०८

विराटनगर । अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतिभा पहिचान र प्रस्फुटन कार्यक्रम सञ्चालन हुने भएको छ ।

सामाजिक विकास मन्त्रालय, विभिन्न स्थानीय तहहरू र करुणा फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपालको प्राविधिक सहयोगमा जेठ २० र २१ गते विराटनगरमा हुने करुणा फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

कार्यक्रममा सहभागी हुन २४१ जना अपांगता भएका व्यक्तिहरूले विभिन्न विधामा आवेदन दिएका थिए भने तीमध्ये ८८ जना छनोट भएको करुणा फाउण्डेसनको केन्द्रीय कार्यालयका व्यवस्थापक सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यवसायिक रूपमा अगाडि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष नवीन ढुंगानाले यस कार्यक्रमलाई नेपालमा एक नमुना प्रयास भएको बताएका छन् । उनका अनुसार, अपांगता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरेर त्यसको व्यवहारिक प्रयोग र बजारीकरण गर्ने योजना कार्यक्रमको मुख्य लक्ष्य हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.