
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्डमा जारी लिगको खेल आज पौने ४ बजेदेखि सुरु हुनेछ ।
नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा पराजित भएको थियो ।
शृंखलामा नेदरल्याण्ड्स जित बिहिन छ । नेपाल र स्कटल्याण्डसँग १–१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ ।
नेपालले नेदरल्याण्ड्ससँग लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।
लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।



















