बिरामी पर्यटकको उद्धार

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १९:०९

हुम्ला । लेक लागेर बिरामी परेका पर्यटकको उद्धार गरिएको छ । हुम्लामा लेक लागेर बिरामी पर्नेमा ४ जना अमेरिकी नागरिक छन् ।

हुम्लाको नाम्खा गाएँपालिका–५ हिल्सा नाकाबाट उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको हो ।

केरूङ नाका हुँदै उनी चीनको पुलाङ काउन्ट्रीबाट नेपाल आएका थिए । उद्धार गरिएकालाई सिमकोट गाउँपालिका–५ स्थित सिमकोट विमानस्थल पुर्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.