विराटनगर । उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना भएका बिरामीलाई बुधबार फलफूल वितरण गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाले ५२ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको हो । घोषणा गरिएको सप्ताहव्यापी विविध कार्यक्रमअन्तर्गत पहिलो दिन फलफूल वितरण गरिएको संघले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले स्थापना दिवसको अवसरमा संघले असार ४ देखि १० गतेसम्म विभिन्न कार्यक्रमको घोषणा गरेको छ । पहिलो दिन कोशी अस्पतालको बच्चा र पोषण विभागमा उपचाररत बिरामी र तिनका आफन्तहरूलाई फलफूल वितरण गरिएको कार्यक्रमका संयोजक एवं संघका थोक उपाध्यक्ष जितु रजकले बताए ।
फलफूल वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदीपकुमार दास, जिल्ला अध्यक्ष देशबन्दु ढकालसहितका संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू र कोशी अस्पतालका चिकित्सकसहितको टोली उपस्थित थियो । अध्यक्ष ढकालले संघको स्थापना दिवसलाई समाजसँगको सम्बन्ध बलियो बनाउने अवसरको रूपमा लिइएको बताए ।