
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
संसदबाट बजेट पास गराउने लगायतका विषयमा छलफल भइरहेको सत्ताधारी दलका नेताहरूले बताएका छन्। नेकपा (एमाले) ले आज आफ्ना सबै सांसदहरूलाई सदनमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको छ।
आगामी आर्थिक वर्षको बजेट आज सदनमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरिसकेका छन् । यस्तो अवस्थामा सत्ताधारी दलको बैठक बालुवाटारमा सुरु भएको हो ।
























