नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १८:२४

काठमाडौं । नेपालमा एचआईभी एड्स संक्रमितको संख्या ३० हजार नाघेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ३० हजार भन्दा बढी संक्रमित रहेको जानकारी दिएको हो ।

केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाका अनुसार, नेपालमा एचआईभी संक्रमण मुख्यतया केही जोखिम समूहमा मात्रै केन्द्रित रहेको छ ।

यी समूहहरूमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू र आप्रवासी व्यक्तिहरू पर्छन् ।

नेपालमा नयाँ संक्रमणको वार्षिक दर ६ सय १४ रहेको छ भने एड्ससँग सम्बन्धित मृत्युको संख्या ५ सय ६९ रहेको छ ।

मुख्य जोखिम समूहमा यौन व्यवसायमा संलग्न १ लाख १५ हजार ९ सय १९ जना, ७७ हजार ३ सय ४० जना पुरुष, ३२ हजार ८ सय ९५ जना लैङ्गिक अल्पसंख्यक व्यक्ति, २७ हजार ८ सय ३९ जना जेलमा रहेका व्यक्ति र ४४ हजार ३ सय ५० जना लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू समावेश छन् ।

विज्ञहरूले एचआईभी नियन्त्रणका लागि नेपालले सन् २०३० भित्र हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.