चिकित्सक संघले घोषणा गर्यो नयाँ आन्दोलन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १८:५७

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको थियो । चिकित्सक यसअघिदेखि नै आन्दोलित छन् ।

संघका महासचिव डा. सञ्जिव तिवारीका अनुसार संघको सोमबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका नयाँ कार्यक्रममा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिललाई नै बुझाउने लगायतका कार्यक्रम तय गरिएका छन् ।

Advertisement

असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् ।

आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ । उपभोक्ता अदालतले उपचारमा लापरबाही गर्ने चिकित्सकबाट क्षतिपूर्ति तिराउने फैसला गर्न थालेपछि चिकित्सक आन्दोलित छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.