झापामा दुर्घटना : घाइते बालकको पनि मृत्यु

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १३:३३

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कचनकवल गाउँपालिका–३ का ३ वर्षीय आयुष राजवंशीको पनि बुधबार राति मृत्यु भएको छ । प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर र बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल ठोक्किर बुधबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत किसनगन्जका २६ वर्षीय सुरज टुडूको तत्कालै मृत्यु भएको थियो । उक्त दुर्घटनामा ३ वर्षीय आयुष र उनकी आमा २७ वर्षीय उर्मीला राजवंशी गम्भीर घाइते भएका थिए ।

आयुष र उर्मीला श्रीप्रसादका नाति एवं बुहारी हुन् । गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा राति मृत्यु भएको हो । गम्भीर अवस्थाकी उर्मीलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.