हर्क साम्पाङलाई श्रमदानकै चिन्ता, बजेटतिर छैन ध्यान

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ५, सोमबार १६:०१

धरान । धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट अझै ल्याउन सकेको छैन । जसका कारण नगरको विकास योजना अलपत्र छ ।

तर, मेयर हर्क साम्पाङ (हर्कराज राई)मा भने त्यसतर्फको चिन्ता देखिँदैन । उनी शनिबार पनि सयौं श्रमदाताको नेतृत्व गर्दै खानेपानीको पाइपलाइन जोगाउने अभियानमा व्यस्त थिए । उनलाई श्रमदानकै चिन्ता छ । वर्षभरिको बजेट बनाउनेतिर ध्यान नै छैन ।

Advertisement

शनिबार बिहानैदेखि सुनसरीको बराहक्षेत्र–१ पटनालीमा बस, निजी गाडी र मोटरसाइकलमा सयौं मानिस भेला भएका थिए । उनीहरुको एउटै उद्देश्य थियो– कोकाहा नदीबाट ल्याइएको खानेपानीको पाइपलाइनलाई डढेलोबाट जोगाउन जमिनमा गाड्नु ।

भिडको नेतृत्व गर्दै मेयर साम्पाङ हातमा माइक लिएर कराउँदै थिए, ‘हामी यो देशका लागि श्रमदान गर्न आएका हौं । हर्क साम्पाङलाई सघाउन होइन ।’ उनको यो भनाइले श्रमदातामा उत्साह थपेको थियो ।

धरानमा असार १० गते नै आउनुपर्ने बजेट मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको विवादका कारण रोकिएको छ । तर, बजेट ल्याउन नसकेकोमा कुनै पछुतो नमानिकन साम्पाङ केवल आफ्नो पानी अभियानमा केन्द्रित छन् । उनका समर्थकहरु उनको तस्बिर अंकित टी–सर्ट लगाएर हातमा गैंती, बेल्चालगायतका सामान बोक्दै पहाडको उकालो लागेका थिए ।

यो अभियानलाई साम्पाङका समर्थकहरू ‘श्रमबार’ भन्छन् । उनीहरूका लागि शनिबार आराम गर्ने दिन होइन । धरानका लागि पसिना बगाउने दिन हो । विगत ३ वर्षदेखि अभियानमा निरन्तर सहभागी हुँदै आएका भारतीय सेनाका पूर्वकर्मचारी बुद्धि प्रधान भन्छन्, ‘जवानी विदेशमा बित्यो । अबको जीवन देशलाई दिने हो । पेन्सनले जीवन चल्छ । म श्रमदानमा लागिरहन्छु । उनीजस्तै धरानकी आयुश्मा शेर्पा पनि फुर्सद मिल्नासाथअभियानमा जोडिने बताउँछिन् ।

यो साम्पाङको पाइपलाइन संरक्षण अभियानको चौथो शनिबार हो । गतवर्ष पनि उनले श्रमदानबाटै ४५ किलोमिटर लामो पाइपलाइन बिछ्याएर कोकाहाको पानी धरान ल्याएका थिए । श्रमदानमा सहभागीलाई खाजा र खानाको व्यवस्था पनि अभियानबाटै मिलाइएको थियो । जसमा स्वयं श्रमदाता नै खटिएका थिए ।

श्रमदानको क्रेज र विवाद

हर्क साम्पाङले धरानमा श्रम संस्कृतिको विकास गरेकोमा धेरैले प्रशंसा गर्छन् । राजनीतिक विश्लेषक राजेन्द्र शर्माका अनुसार साम्पाङले चलाएको अभियान नौलो र पृथक छ । जसले गर्दा श्रमदानबाट बनेका संरचनाहरू पर्यटकीय गन्तव्यसमेत बनेका छन् । ‘निःशुल्क बस, खाना र श्रमदान गर्ने अवसरले देशभरबाट मानिसहरूलाई आकर्षित गरेको छ,’ शर्मा भन्छन्, ‘यो क्रेजको सम्पूर्ण जस हर्क साम्पाङलाई जान्छ ।’

तर, यो अभियान विवादरहित भने छैन । साम्पाङमाथि श्रमदानको हिसाबकिताब पारदर्शी नराखेको, मनमौजी खर्च गरेको र श्रमदानमा ज्याला दिएको जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन् । शर्मा थप्छन्, ‘हरेक दिनको श्रमदान कामसँगै एक किसिमको पिकनिकजस्तो पनि छ । जसले गर्दा आकर्षण बढेको हो । तर, आर्थिक पारदर्शिताको प्रश्न गम्भीर छ ।’

एकातिर बजेट निर्माण जस्तो महत्त्वपूर्ण संस्थागत प्रक्रियामा चुकेका साम्पाङ अर्कोतिर श्रमदानमार्फत जनसमर्थनको शिखरमा छन् । यसले धरानमा उनको नेतृत्वलाई लिएर एकैसाथ प्रशंसा र आलोचनाको बहसले निरन्तरता पाइरहेको छ ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.