पाथीभरा क्षेत्रको विकासमा योगेश भट्टराईको चासो

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार ०८:०२

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा क्षेत्रको विकास तथा व्यवस्थापनमा विशेष चासो व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङसहितको टोलीसँगको भेटघाट तथा छलफलका क्रममा भट्टराईले पाथीभरा क्षेत्रको थप विकास तथा तीर्थयात्रीहरूलाई सुविधा उपलब्ध गराउने विषयमा चासो व्यक्त गरेका हुन् ।

सो अवसरमा निर्देशक हाङ्बाङले समितिको तर्फबाट भइरहेका गतिविधिबारे जानकारी दिँदै पाथीभरामा ड्रिल प्रविधिमार्फत खानेपानीको व्यवस्था, सोलारमार्फत विद्युतीकरण, पाथीभरा सडकको प्रगति तथा पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासबारे जानकारी गराएका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका पदेन सदस्यसमेत रहेका भट्टराईले पाथीभरा प्रमुख धार्मिक स्थल भएको र धार्मिक पर्यटनका दृष्टिले अति महत्वपूर्ण भएकाले यसको संरक्षण र दिगो व्यवस्थापनका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी अघि बढ्ने आश्वासन समेत दिए । विश्व सम्पदा सुचिमा सूचीकरण गर्न सम्बन्धित निकायमा समन्वय तथा छलफल गर्ने बताए ।

यस्तै सोलार बत्तिको व्यवस्थापन र सडक कालोपत्रेको कामलाइ चाडो सम्पन्न गर्न सरकारसहित सरोकारवाला निकाय सग पहल गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.