नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार १२:१४
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले बिहीबार (आज) दर्ज्यानी चिह्न लगाएका छन् ।

खापुङलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिए । दर्ज्यानी चिह्न लगाएपछि उनले आजै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पदभार ग्रहण गर्ने छन् ।

निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमान्ड सम्हालेका हुन् ।

भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उनको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिने छ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.