
विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको पत्रकार महासंघको अगुवाईमा शनिबार सरसफाइ गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका पदाधिकारी, सदस्यहरू तथा पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीहरूको सहभागितामा सरसफाइ गरिएको थियो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गर्दा जिल्ला प्रशासन कार्यालय क्षतिग्रस्त भएको छ ।
पत्रकारसँगै स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले पनि सरसफाइमा सहयोग गरेको थियो । सो संस्थाले विराटनगरका क्षतिग्रस्त स्थानमा अहिले दैनिक सफाइ गर्दै आएको संस्थाका व्यवस्थापक एकराज खनालले बताए ।

करिब २ दर्जन पत्रकारहरूको सहभागितामा प्रशासन कार्यालयको बाहिरी भागको सरसफाइ गरिएको पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले बताइन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार अस्थाई संरचनाबाट प्रशासनिक काम अघि बढाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
























