कृषि विज्ञ परियारलाई मन्त्रालयको जिम्मेवारी

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १९:२०

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा डाक्टर मदन परियार कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । उनी कृषि विज्ञ हुन् ।

उनका सामु कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने जिम्मेवारी छ । जमिनको स्वामित्व, उन्नत प्रविधि प्रयोग, गुणस्तरीय मल तथा बीउको उपलब्धता, जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तनका असरलगायत विषयमा उनले काम गर्नुपर्नेछ ।

सप्तरीका बासिन्दा परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । पेसाले कृषि इन्जिनियर उनी वातावरण, स्रोत योजना र व्यवस्थापन क्षेत्रका विज्ञ हुन् ।

उनले बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्रोत योजना तथा व्यवस्थापनमा विद्यावरिधि (पीएचडी) गरेका छन् ।

उनको कर्पोरेट व्यवस्थापन, विकास परियोजना र सूचना प्रविधि व्यवस्थापनमा लामो नेतृत्व अनुभव छ । उनले वीरगञ्ज कृषि औजार कारखानाको महाप्रबन्धक र उदयपुर सिमेन्ट कारखानाको प्रबन्ध निर्देशकका रूपमा काम गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.