कक्षा ११ आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १२:१४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको हो । 

बोर्डका अनुसार आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन् । 

त्यस्तै, ग्रेड वृद्धि परीक्षामा सहभागी ४ हजार ९७६ मध्ये ३ हजार ५४० जना सफल भएका छन् ।

कुल १४ हजार ९१० विद्यार्थीमध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.