छठमा भीम पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १०, सोमबार १२:३६

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।

छठको मुख्य दिन आज उनले २८ औं पटकको दण्ड प्रणाम यात्रा सुरु गरेका हुन् ।

नेपाललाई बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि व्रत बसेको उनले बताए ।

पराजुली ३२ वर्षदेखि छठको व्रत बस्दै आएका छन् । २८ औं पटक उनले दण्ड प्रणाम यात्रा गरेका हुन् ।

विराटनगर महानगरपालिका ३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.