‘मोन्था’ चक्रवातको प्रभाव शनिबार बिहानसम्मै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १३, बिहीबार १०:५१

काठमाडौँ । बङ्गालको खाडीबाट विकसित भएको ‘मोन्था’ चक्रवातका कारण नेपालको मौसम शनिबार बिहानसम्म प्रभावित हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभावले देशका अधिकांश भागमा वर्षा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुनेछ । बाँकी प्रदेशहरूमा मध्यम वर्षा हुने सम्भावना छ । मौसम तथा जल विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउनेछ ।

काठमाडौँ उपत्यका: आगामी २४ घण्टाभित्र काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा वर्षा हुनेछ, तर सबै स्थानमा निरन्तर वर्षा भने नहुने प्रवक्ता पोखरेलले जानकारी दिइन् ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.