हर्क साम्पाङको  ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १६, आइतबार १५:४९
हर्क साम्पाङको  ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले आइतबार पार्टीलाई आधिकारिक मान्यता प्रदान गर्दै दर्ता प्रमाणपत्र दिएको हो । साम्पाङले आइतबार नै आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका छन् ।

आयोगले पार्टीको चुनाव चिन्ह  ‘माटो’ प्रदान गरेको छ । पार्टीमा २८ केन्द्रीय सदस्य र ५ पदाधिकारी रहने छन् ।

अध्यक्षमा हर्क साम्पाङ स्वयं, वरिष्ठ उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले दसैँअघि असोज १२ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.