पाङबारी हिमाल आरोहणमा गएका २ विदेशीको शव फेला

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १३:०५

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता २ जना इटाली आरोहीको शव आज (मंगलबार) भेटिएको छ ।

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ पुर्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.