चित्रकला प्रतियोगितामा आयुशा खाँ प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १९, बुधबार १३:४१

विराटनगर । विराटनगरको विराट बहिरा माध्यमिक विद्यालयमा बुधबार आयोजना गरिएको चित्रकला प्रतियोगितामा आयुशा खाँ प्रथम भएकी छन् ।

विराटनगर जेसीजले आफ्नो ‘जेसीज सप्ताह’ मनाउने क्रममा विराट माविमा चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।

Advertisement

प्रतियोगितामा कक्षा ५ की आयुशा खाँ प्रथम, कक्षा ११ का फुर्बु रिनजिन शेर्पा द्वितीय र कक्षा २ का सुरज महुली तृतीय भए ।

खुला चित्रकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले विद्यालयका सुनाई र बोलाइमा चुनौती भएका छात्रछात्रा, शिक्षक–शिक्षिका, कर्मचारी तथा उनका परिवारलाई निःशुल्क ओपिडी सेवा र अन्य जाँचहरूमा विशेष प्राथमिकता दिने बताए ।

उनले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने र विद्यालय परिसरमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगर जेसीजका अध्यक्ष प्रितेशराज दाहालले यस्ता सिर्जनात्मक र समावेशी पहलहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. कार्की, अध्यक्ष दाहाल, प्रतियोगिताका निर्णायक विराटनगर जेसीजका पूर्वअध्यक्ष देवेश प्रधानलगायतले विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक कविराज दाहाल र चित्रकला प्रतियोगिताको कार्यक्रम संयोजक आकृति रानी फुयाँलले जेसीज सप्ताह र प्रतियोगिताको उद्देश्यबारे जानकारी दिँदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव तीन दिनदेखि अस्पतालमै
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
इराकमा अमेरिकी र साउदी सेनाको आक्रमण, २० जनाको मृत्यु
सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, उच्च सतर्कता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×