नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १०:२५

काठमाडौं । नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङले विज्ञप्ति जारी गर्दै लिग सञ्चालनको अनुमति प्राप्त भएको जानकारी दिएका हुन् । अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

एक महिनाअघि घोषणा गरिएको एनएफएलको पहिलो संस्करण आगामी २०८३ फागुन १ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा घरेलु फुटबलका सात पुराना र तीन नयाँ गरी १० क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगमा देशका विभिन्न १० सहरका क्लब सहभागी हुनेछन् । ती क्लबलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोडेर नेपाली फुटबलको दायरा विस्तार गर्ने र देशव्यापी रूपमा फुटबलको वातावरण बनाउने आयोजकको लक्ष्य छ ।

अध्यक्ष गुरुङले नेपाली फुटबलको व्यावसायिक रूपान्तरणका लागि समय, लगानी, प्रतिबद्धता र सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् । चुनौतीका बाबजुद सम्भावनाको खोजी गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले एनएफएललाई एउटा प्रतियोगितामा मात्र सीमित नराखी नेपाली फुटबलको दिगो व्यावसायिक विकासको आधार बनाउने लक्ष्य रहेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.