अर्किड कलेजको वक्तृत्वकला प्रतियोगितामा अनुष दाहाल प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार २०:४२
अर्किड कलेजको वक्तृत्वकला प्रतियोगितामा अनुष दाहाल प्रथम

विराटनगर । विराटनगरको अर्किड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अनुष दाहाल प्रथम भएका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर ‘आजका युवा पुस्तामा सामाजिक संजालको प्रभाव’ शीर्षकमा विद्यालय स्तरीय प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा अनुष दाहाल प्रथम, सत्येन्द्र यादव दोस्रो र शिवकुमार साह तेस्रो भएका हुन् ।

Advertisement

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत २० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको निर्णायकमा प्राध्यापकहरू सन्तोष अधिकारी, विकास खड्का र विद्या अधिकारी रहेका थिए । विजयी विद्यार्थीलाई कलेजका प्रिन्सिपल मनिष भट्टराई , निर्देशक दिपेश बास्तोला र राजन दत्तले पुरस्कार वितरण गरे ।

तुलसी घिमिरेले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा गजेन्द्र पण्डित, कलेजका अध्यक्ष अमित ढकाल, प्रिन्सिपल मनिष भट्टराई, निर्देशक दिपेश बास्तोला, राजन दत्तलगायतको उपस्थिति थियो ।

 

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×