
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत लगिएकाे साढे सात वर्षपछि राष्ट्रिय अनुसन्धान विभाग (राअवि) पुन गृह मन्त्रालय मातहत आएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै साढे ७ वर्षपछि गुप्तचरी निकाय गृहमन्त्रालय मातहत आएको हो ।
यसअघि सरकारले राअविका साथै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग पूर्ववर्ती अवस्थामै फर्काउने निर्णय गरेको थियो । अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि भने प्रधानमन्त्री कार्यालय मातहत नै थियो ।
२०७४ फागुन १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय मातहत रहने व्यवस्था गरेका थिए ।



















