
काठमाडौं । दुई वर्ष लगाएर पुनर्निर्माण गरेपछि खुलेको घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले सानदार जित निकालेको छ । शनिबार राति स्पेनिस क्लब क्लब बार्सिलाेनाले ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध ४–० को फराकिलो जित निकालेको हो ।
युरोपको ठूलो रंगशालामध्ये एक क्याम्प नाउ दुई वर्षको पुनर्निर्माणपछि खुल्दा प्यारापिट क्षमताको आधा दर्शकलाई मात्रै मैदान प्रवेशको अनुमति दिइएको थियो ।
घरेलु टिमलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोवस्की र फेर्मिन लोपेजले समान एक–एक गोल थपे ।
जितसँगै १३ खेलबाट ३१ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल समान अंकसहित दोस्रो स्थानमा छ । तालिकाको आठौँ स्थानमा रहेको बिल्बाओले भने १३ खेलबाट १७ अंक जोडेको छ ।

























