
विराटनगर । विराटनगरकाे बरगाछीमा माेटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हवल्दारकाे मृत्यु भएको छ ।
दुर्घटनामा मोरङको बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, गए राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको थियो ।
कञ्चनबारीतर्फ जाँदै गरेकाे बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्याएको थियो ।
उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।























