विराटनगरमा यमरी पूर्णिमाको अवसरमा विशेष स्टल सञ्चालन

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १९:२७

विराटनगर । यमरी पूर्णिमाको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झीपुचः विराटनगरले बिहीबार शुभकामना आदानप्रदान तथा विशेष यमरी स्टल सञ्चालन गरेको छ ।

नेवाः संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा यमरी स्टल सञ्चालन गरेको हो । झीपुचः का अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार राजन श्रेष्ठले यमरीको सांस्कृतिक र वैज्ञानिक महत्वबारे प्रकाश पारेका थिए ।

संस्थाले हरेक वर्ष आयोजना गर्दै आएको यस स्टलमा स्थानीय तथा संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.