
काठमाडौं । काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँग पराजित भएसँगै उपाधि जित्ने सपना समाप्त भएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘एलिमिनेटर’ खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो ।
यो जितसँगै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि लुम्बिनीले पहिलो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले निकै खराब प्रदर्शन गर्यो। लुम्बिनीका बलरसामु निरीह साबित भएको काठमाडौं १९.१ ओभरमा १११ रनमै अलआउट भयो ।
११२ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

























