सास्थम कलेजमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीलाई स्वागत

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ४, शुक्रबार १८:१८

विराटनगर । विराटनगरस्थित साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेजले बीबीए र बीएचएमका नयाँ विद्यार्थीहरूलाई एक समारोहका बीच स्वागत गरेको छ । कलेज परिसरमा आयोजित कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीहरूलाई अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गरे । पर्यटन तथा आतिथ्य व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न सास्थमले पूर्वाञ्चल क्षेत्रमै अग्रणी भूमिका खेलेको उनको भनाइ थियो ।

Advertisement

स्वागतका क्रममा कलेजका पुराना विद्यार्थीहरूले सांस्कृतिक नृत्य, फेसन र्याम्प र गीत संगीतका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए । यस शैक्षिक सत्रमा कलेजमा विद्यार्थीको आकर्षण निकै देखिएको छ । क्याम्पस प्रमुख विनय केसीका अनुसार बीएचएमको २२औँ ब्याचमा १४४ र बीबीएको १७औँ ब्याचमा ९६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । कलेजले यसै वर्षदेखि एमएचएचएम कार्यक्रम पनि सुरु गरेको छ ।

कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङसहित विभिन्न कार्यक्रमका निर्देशक र शैक्षिक संयोजकहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×