
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) सर्वदलीय बैठक बोलाएकी छन् । बैठकमा विघटित प्रतिनिधिसभामा मुख्य दलहरूले दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएकी हुन् ।
बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेकपा (एमाले) बाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुने बर्तौलाले जानकारी दिए ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट नेताहरू राजेन्द्र पाण्डे, वर्षमान पुन सहभागी हुने नेता रामकुमार भट्टराईले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहमहामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।
























