जेनजी प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही पक्राउ

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार १३:०२

काठमाडौँ । जेनजी आन्दोलनमा आबद्ध मिराज ढुंगानाको नेतृत्वमा आज (सोमबार) भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले त्यस क्रममा निकोलस भुसाल लगायत केहीलाई पक्राउ गरेको छ ।

माइतीघरमा जेनजी समूहले प्रदर्शन गरेको थियो । काठमाडौँ जिल्ला प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन ।

जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.