अत्यधिक चिसो बढेपछि मेचीनगरका विद्यालय बन्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १६, बुधबार ११:३५

झापा । अत्यधिक जाडोका कारण झापाको मेचीनगर नगरपालिकाका विद्यालयहरूमा ३ दिन बिदा दिइएको छ। नगर शिक्षा शाखाले सूचना जारी गर्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्मका लागि शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार चिसो बढेसँगै विद्यार्थीहरूलाई विद्यालय आउन-जान र पठनपाठनमा कठिनाइ भएको गुनासो आएपछि यो कदम चालिएको छ । हाल दिइएको यो बिदालाई केही समयपछि दिइने नियमित जाडो बिदाबाट मिलान गरिने गरी व्यवस्था मिलाइएको छ।

Advertisement

झापामा केही दिनयता तापक्रममा उल्लेख्य गिरावट आएको छ । दिउँसोको समयमा समेत न्यूनतम तापक्रम १५ डिग्री सेल्सियससम्म मापन हुन थालेपछि जनजीवन प्रभावित बनेको छ । शीतलहर र चिसोबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले सतर्कता अपनाउन र बालबालिकालाई न्यानोमा राख्न समेत आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×