जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १८:११
जीवन विकास लघुवित्तको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको ७ औँ वार्षिक साधारण सभाले सेयरधनीका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

मंगलबार मोरङको कटहरी गाउँपालिका –२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा भएको साधारण सभाले आर्थिक वर्ष २०८१ / ०८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका  अध्यक्ष विक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेको थियो ।

बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात् संस्थाको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार २ वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो ।

साधारण सभाको उद्‌घाटन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्व सांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनाबद्ध प्रहार भइरहेको बताए ।

‘अहिले बैंक र लघुवित्तलाई योजनाबद्ध रूपमा क्षति पुर्‍याउन खोजिएको छ, यो एकदमै गलत कार्य हो,’ मण्डलले भने, ‘नेपाल गरिब भयो भने वैदेशिक शक्तिलाई सजिलो हुन्छ । खाडी र ठुला देशहरू नेपाल सधैँ गरिब रहिरहोस् भन्ने चाहन्छन् ।’

ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रतिकुल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए । संस्थालाई दरिलो बनाउन कर्मचारीको मेहनत उच्च रहेको बताउँदै उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि काम गरिरहेको बताए ।

सो अवसरमा सञ्चालक सदस्य वन्दना जैनले जीवन विकासले वित्तीय सेवा प्रवाह मात्र नभई सामाजिक र आर्थिक रूपान्तरणको सशक्त माध्यम भएको बताइन् । वित्तीय पहुँचबाट वञ्चित रहेको समुदायसम्म पुगेर स्वरोजगार अभियान सञ्चालन गर्नु जीवन विकासको मुख्य उद्देश्य रहेको प्रस्ट्याइन् ।

अर्का सञ्चालक सदस्य गोकर्ण खतिवडाले गरिबी न्यूनीकरणका लागि जीवन विकासको अभियान प्रभावकारी रहेको बताए । जीवन विकास राम्रो अवस्थामा रहेको बताउँदै उनले अझ राम्रो बनाउने बताए ।

संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्नु पर्ने बताए । कर्मचारीको योगदानका कारण संस्थाले राम्रो उपलब्धि हासिल गरेको बताउँदै उनले संस्थाले थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, सञ्चालक सदस्य श्यामचन्द्र खतिवडाले संस्थाले आफ्नो सेवालाई प्रभावकारी रूपमा अघि बढाउने बताए । कर्मचारीको मेहनतका कारण संस्थाका सेयर सदस्यले मुनाफा वितरण गर्ने अवस्था बनेको बताउँदै उनले जीवन विकासले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरिरहेको सुनाए ।

सामुदायिक महिला विकास केन्द्र स्वेडेकका कार्यवाहक अध्यक्ष माधवप्रसाद देवले जीवन विकासले आफ्नो लक्ष्य अनुसार काम गरिरहेको बताए । आफ्ना सदस्यको जीवनस्तर उकास्नका लागि जीवन विकासले ध्यान दिएको सुनाए । गरिबी निवारणको अभियानलाई सफल बनाउन उनले आग्रह गरे ।

जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले जीवन विकासका कर्मचारीको मेहनतले संस्थाले प्रगति गरिरहेको बताइन् । गरिबी निवारणको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले जीवन विकासले थप प्रगति गर्दै जाने बताइन् ।

सल्भ नेपालका राजेन्द्र प्रधानले जीवन विकासले प्रभावकारी रूपमा सामाजिक अभियान सञ्चालन गरिरहेको बताए । लघुवित्त वित्तीय संस्थाविरुद्ध सञ्चालन भएका गतिविधिलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए । उनले नेपालमा गरिबी निवारणका लागि लघुवित्त वित्तीय संस्थाले ठुलो भूमिका निर्वाह गरिरहेको बताए । संस्थाको सेवालाई इनोभेटिक रूपमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले जीवन विकासले वित्तीय र सामाजिक सेवालाई सदस्यको घरदैलोमा पुर्‍याएर सेवा  प्रवाह गरिरहेको बताए । लघुवित्त क्षेत्रमा देखिएको कठिनाइका बीच यसले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको उनले बताए । संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउँदै उनले गैरसरकारी संस्थाको पृष्ठभूमिबाट उदाएका लघुवित्त वित्तीय संस्थाहरूलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरे ।

जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले संस्थाले सेवा प्रवाहलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताए । लघुवित्त वित्तीय संस्थामाथि प्रहार भइरहेको अवस्थामा पनि जीवन विकासले वित्तीय सेवासँगै सामाजिक अभियानसमेत निरन्तर सञ्चालन गरिरहेको बताए । ‘लघुवित्त क्षेत्रमा विगत ३ वर्षदेखि समस्या भोगिरहेका छौँ,’ उनले भने, ‘जीवन विकास यो अवधिमा निकै सबल र मजबुत भएको छ, जीवन विकासको सेवा प्रवाह गर्ने मुख्य माध्यम  केन्द्रहरू (समूह) हुन्, केन्द्रको गुणस्तर सुधार भएको छ ।’ त्यसैले आगामी दिनमा लघुवित्त कार्यक्रम अझ सशक्त ढंगमा अघि बढ्ने छ ।

त्यसैगरी, संस्थाको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भए । मंगलबार सम्पन्न संस्थाको ७ औँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी ४ वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.