मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १९:४५
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवारी दिएकालाई शुक्रबार (आज) निर्वाचन चिन्ह प्रदान गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

मोरङमा २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ४ जनाले आज फिर्ता लिएपछि २५ जना चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह प्रदान गरे ।

Advertisement

मोरङ  क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका मिलन भण्डारीलाई चुनाव चिन्ह (सारंगी) प्रदान गरिएको छ । यामप्रसाद दाहाललाई (ठेकी), प्रेम बर्देवालाई (ट्रफी), ईश्वर वाग्लेलाई (दूरबिन) र पशुपति घिमिरेलाई (कैँची) चिन्ह प्रदान गरिएको छ ।

मोरङ क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार नरेशकुमार साहलाई (क्यामेरा), अनिलकुमार साहलाई (झोला), राजन निरौलालाई (आँप), बुधु ऋषिदेवलाई (कैँची) चिन्ह प्रदान गरिएको छ ।
मोरङ क्षेत्र नम्बर ३ स्वतन्त्र उम्मेदवार तेजप्रसाद भण्डारीलाई (कप र प्लेट) र गणेश मिश्रलाई (क्यामरा) चिन्ह प्रदान गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार भक्तमणि दाहाललाई (मुढा), विनोदकुमार कार्कीलाई (आसकोट), ज्ञानेन्द्र खत्रीलाई (त्रिभुज) चिन्ह प्रदान गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार सुजितकुमार साहलाई (त्रिभुज), जयनारायण शर्मालाई (स्टुल) , सूर्यनारायण ठाकुरलाई (भँगेरा), ममता यादवलाई (दूरबिन), मोहम्मद रेजा हुसेनलाई (ट्रफी), राजकुमार राजवंशीलाई (आँप), अमरकुमार यादवलाई (केराको काइँयो) र विकाश श्रेष्ठलाई (जिप) चिन्ह प्रदान गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका किरण खड्कालाई (झोला), खडानन्द रिजाललाई (मुढा) र उत्तम दाहाललाई (मसी) चिन्ह प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.