भजन कीर्तन प्रतियोगितामा पारिजातलाई उपाधि 

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार ०९:३०
भजन कीर्तन प्रतियोगितामा पारिजातलाई उपाधि 

विराटनगर । विराटनगरको मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको अवसरमा आयोजना गरेको भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ ।

१६ वटा प्रतिस्पर्धी भजन समूहलाई हराउँदै पारिजात प्रथम हुँदै २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्‍यो ।
त्यस्तै, उदय तारा भजन मण्डली द्वितीय हुँदै १५ हजार रुपैयाँ, निर्मल टोल भजन समूह तृतीय हुँदै १० हजार रुपैयाँ र शान्ति भजन मण्डलीलाई सान्त्वना पुरस्कार ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

३ जना रहेको निर्णायक समितिले शब्द चयन, स्वर, ताल, लय, भाव, हाउभाउ, प्रस्तुति, भेष भूषा र समय पालनलगायतका आधारमा नतिजा सार्वजनिक गरेको हो ।

प्रतियोगितामा सहभागी सबै भजन समूहलाई प्रोत्साहन स्वरूप नगद १ हजार ५ सय रुपैयाँ दिइएको थियो ।
विद्यालयका प्राचार्य विजय डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरी, स्कुलका संस्थापक सीएम श्रेष्ठ, विद्यालयका कोअर्डिनेटर नारायण स्वर्णकार, निता अधिकारी, दिनेश ढकाल, समाजसेवी खेम तिम्सिना, वीरेन्द्र थापालगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले स्कुलले भजन कीर्तन प्रतियोगिता आयोजना गरेर धार्मिक तथा सांस्कृतिक चेतना विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए । उनले स्थानीय तहले भजन समूहलाई वाद्यवादन सामग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको जानकारी दिए ।

विद्यालयका सञ्चालक सीएम श्रेष्ठले सनातन धर्मप्रति बालबालिकाको आस्था जागृत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी वर्ष भजन प्रतियोगितालाई अझै बृहत्तर र व्यवस्थित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्याब्सन विराटनगरका पूर्वअध्यक्ष इन्द्र राईले यस्ता धार्मिक, सांस्कृतिक प्रतियोगिताले बालबालिकामा आध्यात्मिक चेतना विकास गर्दै सत्मार्ग तर्फ प्रेरित गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.