विराटनगरमा पुस २१ गते ‘स्वर्ण बिन्दु प्राशन’ गराइने

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २०, आइतबार ११:०४

विराटनगर । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत मोरङमा आगामी पुस २१ गते ५ वर्ष मुनिका बालबालिकालाई ‘स्वर्ण थोपा’ खुवाइने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. राम प्रवोध चौधरीका अनुसार पुष्य नक्षत्रको अवसर पारेर सो दिन शास्त्रीय विधिअनुसार औषधि सेवन गराइनेछ।

विराटनगरमा यो कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। पहिलो महिना १६० बालबालिकाले सेवा लिएकोमा दोस्रो महिना यो संख्या बढेर ३४१ पुगेको छ। यसपटक बालबालिकाको संख्या अझ बढ्ने अनुमान गरिएको छ। केन्द्रले विराटनगरका १ देखि १९ वटै वडाका बालबालिकालाई यस कार्यक्रममा सहभागी गराउन अभिभावकहरूलाई आग्रह गरेको छ।

Advertisement

स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो, जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गरिन्छ। यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्‍याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने डा. चौधरीले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×