फागुन २१ को चुनाव सार्ने हल्लाप्रति एमालेको आपत्ति

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १४:४०

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सार्ने गरी चलाइएको हल्लाप्रति आपत्ति जनाएको छ। मंगलबार पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले निर्वाचन सार्ने कुनै पनि कुरामा एमाले सहमत नहुने स्पष्ट पारेका हुन्।

शाहीले निर्वाचनको मिति नजिकिँदै गर्दा भ्रम फैलाउन खोजिएको भन्दै त्यसतर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। ‘अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ, त्यसमा हाम्रो आपत्ति छ,’ उनले भने, ‘हामी पुनः दोहोर्‍याउन चाहन्छौँ- निर्वाचन समयमै हुनुपर्छ र त्यसका लागि एमाले पूर्ण रूपमा तयार छ।’ एमालेले कुनै पनि बहानामा निर्वाचनको मिति हेरफेर गर्नु लोकतान्त्रिक अभ्यास विपरीत हुने अडान लिएको छ।

संयोजक शाहीले कुन राजनीतिक उद्देश्यका साथ र कसको इशारामा चुनाव सार्ने हल्ला फैलाइँदै छ भनी प्रश्न समेत गरे। एमालेले यस्ता हल्लाहरूको भित्री उद्देश्य र षड्यन्त्रबारे गम्भीर चासो राखिरहेको उनले उल्लेख गरे। सरकार र निर्वाचन आयोगलाई कुनै पनि प्रभावमा नपरी निर्धारित मितिमै निष्पक्ष र धाधलीरहित निर्वाचन गराउन एमालेले माग गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.