मृत्यु व्यक्तिकाे नाम दुरुपयाेग हुन नदिने आयोगकाे तयारी

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १७:१८

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा मतदाता नामावलीमा नाम रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग हुन नदिने निर्वाचन आयोगले जनाएको छ । मतदाताले सोधको प्रश्नमा आयोगले नाम दुरुपयोग नहोस् भनेर आयोगले सतर्कता अपनाएको बताए ।

‘मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुनसक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ ?’ भनि मतदाताले सोधेका थिए ।
जवाफमा आयोगले भनेको छ, ‘मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ । सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहन्छ । यस्तो अवस्थामा निजहरूको नामको दुरुपयोग नहोस् भन्ने कुरामा आयोग सचेत छ ।’

आयोगका अनुसार मतदाताको सजिलै पहिचान गर्न हरेक मतदान केन्द्रमा मतदाताहरूको फोटोसहितको रंगिन मतदाता नामावली पठाइएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी यकिन गरेर मात्र मतदानको लागि मतपत्र उपलब्ध गराउँनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.