मोरङ कारागारका कैदीको मृत्यु

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार ०७:२४

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको बुधबार राति मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको मृत्यु भएको कारागार प्रशासक गौरव ढुंगेलले बताए । उनका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि तामाङलाई उपचारका लागि मंगलबार राति १० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यस अघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए ।

तामाङ लागुऔषध मुद्दाका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनको अचानक मृत्यु भएको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा कैदीको मृत्यु भएको ढुंगेलले बताए ।

अदालतको आदेशबाट तामाङलाई २०८१ असोज १६ गते कारागार चलान गरिएको थियो । उनी सजाय भुक्तान सकेर २०८३ साल माघ २७ गते छुट्ने थिए । तर, सजाय भुक्तान पूरा नभइकन ज्यान गएको छ ।

कारागार प्रशासक ढुंगेलले तामाङको मृत्युको जानकारी पाउनसाथ आफन्त र परिवारका सदस्य सम्पर्कमा आइसकेको बताए । ‘स्वास्थ्य निक्कै जटिल रहेकाले बिहीबार काठमाडौं लैजाने तयारी थियो । तर, त्यसअघि नै मृत्यु भयो,’ उनले भने ।

जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ जना कैदीबन्दी छन् । तीमध्ये महिला १ सय २ जना रहेको कारागारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.