२४ घण्टामा विपद्का २८ घटना : १ जनाको मृत्यु, १२ घाइते

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १०:२५
सांकेतिक तस्बिर

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २८ वटा विपद्का घटना दर्ता भएका छन्। यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा सत्य नारायणको पूजा भइरहेका बेला चट्याङ पर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको हो। सोही घटनामा अन्य दुई जना घाइते भएका छन्। देशभरका विभिन्न विपद्बाट १८ लाख ३३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति र २५ वटा चौपायाको नोक्सानी भएको छ।

पछिल्लो २४ घण्टामा आगलागीका कारण पनि उल्लेख्य क्षति पुगेको छ। पाँचथर, कपिलवस्तु, दाङ, मोरङ, सप्तरी, सिरहा, रौतहट र लमजुङ लगायतका जिल्लामा आगलागीका घटना भएका छन्। सिरहा र सर्लाहीमा आगलागीमा परी दुई जना घाइते भएका छन् भने पाँचथरमा विद्युत् सर्ट भई आगलागी हुँदा ५ लाख ५० हजार बराबरको क्षति भएको छ।

यस्तै चट्याङका कारण इलाम, संखुवासभा, खोटाङ र बागलुङमा मानवीय तथा पशुधनको क्षति भएको छ। इलाममा ४ जना घाइते भएका छन् भने संखुवासभा र खोटाङमा भौतिक संरचनामा क्षति पुगेको छ। मुस्ताङको लोमान्थाङमा हिउँचितुवाको आक्रमणबाट ९ वटा च्याङ्ग्रा मरेका छन् भने कैलालीमा बाघ र बारामा जङ्गली हात्तीले क्षति पुऱ्याएका छन्।

प्राधिकरणको रिपोर्ट अनुसार संखुवासभाको नुममा सबैभन्दा बढी ३७.४ मि.मि. वर्षा र झापाको दमकमा सबैभन्दा बढी ३२.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। प्राधिकरणले ग्यास सिलिण्डर प्रयोगमा सावधानी अपनाउन, विद्युतीय तारहरूको मर्मत गर्न र चट्याङको समयमा सुरक्षित स्थानमा रहन नागरिकहरूलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.