महिला उम्मेदवारको विवरण माग गर्दै दायर रिटमाथि आज सुनुवाइ

Share this
819shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार ११:२०

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो।

अधिवक्ता राजकुमार सुवालले बुधबार निर्वाचन आयोगलाई विपक्षी बनाउँदै उक्त रिट दायर गरेका थिए। रिटमा विशेषगरी विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको सूची सार्वजनिक गर्न माग गरिएको छ। आयोगले उम्मेदवारहरूको पारिवारिक र व्यक्तिगत विवरण पारदर्शी नगर्दा झुटो विवरण दिनेहरू विरुद्ध उजुरी गर्ने बाटो बन्द भएको दाबी रिटमा गरिएको छ।

‘मतदाता नामावली ऐन, २०७३’ अनुसार कसैले झुटो विवरण दिएर नाम समावेश गरेको पाइएमा जोसुकैले पनि उजुरी दिन सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर अधिवक्ता सुवालले निर्वाचनमा उम्मेदवार बनेका महिलाहरूको वैवाहिक र व्यक्तिगत विवरण खुलाउनुपर्ने माग गरेका हुन्। अदालतले आजको सुनुवाइपछि आयोगका नाममा आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.