कर्मचारीलाई सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न प्रशासनको चेतावनी

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १४:३४

पाँचथर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारी र उनीहरूको जिम्मेवारीलाई लिएर सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न जिल्ला प्रशासन कार्यालय पाँचथरले निर्देशन दिएको छ। सरकारी कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो पद, श्रेणी वा खटनपटन चित्त नबुझेको भन्दै फेसबुक जस्ता माध्यममा असन्तुष्टि पोखेपछि प्रशासनले यस्तो आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक ध्यानाकर्षण पत्र जारी गर्दै निर्वाचन जस्तो संवेदनशील कार्यमा दिइएको जिम्मेवारीबारे सार्वजनिक मञ्चमा टिप्पणी गर्नु अनुशासनविपरीत हुने बताए। पत्रमा निर्वाचन प्रक्रियाका क्रममा साना-तिना प्राविधिक त्रुटि हुन सक्ने स्वीकार गरिएको छ, तर त्यसलाई अतिरञ्जित गरेर पोस्ट, सेयर, लाइक वा कमेन्ट गर्नुले निर्वाचन सम्पन्न गर्ने कार्यमा अवरोध पुग्ने उल्लेख गरिएको छ।

प्रशासनले कर्मचारीहरूलाई कुनै पनि गुनासो वा असहमति भएमा सम्बन्धित निकायमा लिखित वा मौखिक रूपमा जानकारी गराउन बाटो खुल्ला रहेको बताएको छ। निर्वाचन आचारसंहिता २०८२ र निर्वाचन आयोगको निर्देशिका विपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.