रुस–युक्रेन युद्धको ४ वर्ष: ज्यान गुमाउने नेपालीको संख्या ११८ पुग्यो

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १४:३६

काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएको चार वर्ष पूरा हुँदा रुसी सेनामा भर्ती भएका ११८ जना नेपालीले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालय र कन्सुलर विभागका अनुसार युद्धमा परी हालसम्म १३२ जना नेपाली बेपत्ता छन् भने २१९ जना घाइते भएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको यस युद्धमा गोरखाका सञ्जित भट्ट जस्ता कतिपय नेपालीले ज्यान जोगाउन सफल भए पनि धेरै युवाहरू प्रलोभनमा परेर युद्धमैदानमा होमिएका छन् । सुरुमा युक्रेनबाट झन्डै २ हजार नेपाली सुरक्षित निस्किएका थिए भने त्यसको विपरीत ठूलो संख्यामा नेपालीहरू रुसी सेनामा भर्ना हुन पुगेका थिए । नेपाल, कतार, मलेसिया र दुबईमा कार्यरत युवाहरू मानव तस्करमार्फत मस्को पुगेर सेनामा भर्ती भएको पाइएको छ ।

दैलेखका प्रकाश बोहराले घरमा जानकारी नै नदिई १० लाख खर्चेर रुस पुगेको र सात दिनको तालिमपछि सिधै युद्धको फ्रन्टलाइनमा खटिएको बताए । १८ महिना युद्धमा बिताएका उनले आफ्नै आँखा अगाडि साथीहरू मरेको र मिसाइलको वर्षा भएको भयावह दृश्य सुनाए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी नागरिकलाई सेनामा भर्ती भएमा आकर्षक तलब र नागरिकता दिने नीति ल्याएपछि नेपाली विद्यार्थी र कामदारहरू प्रलोभनमा परेका हुन् ।

पछिल्लो समय गुजरा नगरपालिका–२, रौतहटका ४५ वर्षीय मानबहादुर तामाङको ड्रोन हमलामा परी मृत्यु भएको खबर आएको छ, यद्यपि सरकारले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । रुसी सेनामा रहेका जनम राईले अहिले नेपाल फर्कन खोज्दा पनि नदिइएको गुनासो गरेका छन् । रुसले आधिकारिक तथ्याङ्क नदिए पनि करिब १५ सय नेपाली रुसी सेनामा कार्यरत रहेको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.