निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १५:३६

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले यसपटकको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुने जानकारी दिए ।

सचिव राउतका अनुसार कुल मतदातामध्ये ५१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् । साथै, अस्थायी मतदाताहरूका लागि समानुपातिकतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको उनले बताए ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवक १५ दिनका लागि खटाइएका छन् । निर्वाचन खर्चमा पारदर्शिता ल्याउन उम्मेदवारहरूले छुट्टै निर्वाचन प्रचार खाता खोल्नुपर्ने अनिवार्य नियम बनाइएको छ । मतदान सकिएलगत्तै गणना सुरु गरिने र दुर्गम क्षेत्रबाहेक अन्य स्थानको नतिजा १ देखि ३ दिनभित्र सार्वजनिक गरिने आयोगको लक्ष्य छ ।

विदेशी पत्रकार र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको स्पष्ट पार्दै सचिव राउतले छिमेकी तथा मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समितिहरू सक्रिय रहेको उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.