
संखुवासभा । पूर्वी पहाडी जिल्लामा भूकम्पको धक्का महासुस गरिएको छ । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार बिहान ३ः१८ बजेतिर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु ताप्लेजुङको सीमाक्षेत्रसँग जोडिएको संखुवासभामा पर्छ । रातको समयमा आएको धक्काले स्थानीय झस्किएका थिए ।
भूकम्पको असर विशेषगरी संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो । भूकम्पका कारण पुगेको मानवीय वा भौतिक क्षतिको कुनै विवरण हालसम्म प्राप्त भएको छैन ।
ती जिल्लाका सुरक्षा अधिकारीहरूले अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सम्बन्धित निकायले थप अनुगमन सुरु गरेको छ ।

























