तीन प्रदेशको उच्च क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार ०७:४६

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी प्रणालीका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मौसम बदली भएको छ ।

अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ । शुक्रबार (आज) बिहानैदेखि कोशी र बागमती प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत भएको महाशाखाले जनाएको छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव दिनभर आंशिक रूपमा कायम रहने सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा तराईका थोरै स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ । देशका अधिकांश हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसमविद्हरूले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारीका साथ मात्रै आवतजावत गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.