मोरङको सुन्दरहरैँचामा पुरुष मृत फेला, सवारीसाधनले ठक्कर दिएको आशंका

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १३:३५

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक एक जना पुरुष मृत फेला परेका छन् ।

सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत भेटिएका हुन् । सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ११ः३० बजेतिर उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परिवारमा एक्लै रहेका भुजेल प्लाष्टिक, बोतल र कागज संकलन गरी कबाडीलाई बेचेर गुजारा चलाउँथे । दुवै खुट्टामा चोट लागेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट भुजेलको मृत्यु भएजस्तो देखिन्छ । यद्यपि, दुर्घटना गराउने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने डीएसपी चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.