‘मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्छ’

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १७:३६

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सम्पन्न भइसकेपछि मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने जिम्मा नेपाल प्रहरीले नै सम्हाल्ने स्पष्ट पारेका छन् ।

केही सञ्चारमाध्यममा मतपेटिका नेपाली सेनाले ढुवानी गर्ने आशयका समाचार प्रकाशित भएपछि उत्पन्न भ्रम चिर्दै उनले स्थापित अभ्यासअनुसार नै सुरक्षा व्यवस्था कायम रहने बताएका हुन् । विराटनगरमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले एकीकृत सुरक्षा योजना लागू भइसकेको जानकारी दिए ।

उनका अनुसार मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा घेराभित्रै मतदान अधिकृतले सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाको संरचना तीन तहमा रहने उनले बताए ।

मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि समन्वयात्मक रूपमा सुरक्षाकर्मीलाई परिचालन गरिने उनको भनाइ छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले मतपेटिका ढुवानी र सुरक्षाका बारेमा अनावश्यक आशंका नगर्न आग्रह गर्दै सबै काम स्थापित मापदण्ड र कानुनी प्रावधानअनुसार हुने बताए । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूबीच निरन्तर समन्वय भइरहेको जानकारी उनले दिए ।

उनले कुनै पनि अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दाबी गर्दै वर्तमान सरकारले गैरदलीय र निष्पक्ष ढंगले काम गरिरहेको उल्लेख गरे । दण्डहीनताको अन्त्य सरकारको प्रमुख लक्ष्य रहेको बताउँदै कानुन उल्लंघन गर्ने जोकोहीमाथि कडा कारबाही गरिने उनले स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.