संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो, आवतजावत ठप्प

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार ११:५६

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकास्थित नुम र सेदुवा जोड्ने अरुण नदीमाथिको बेलिब्रिज शनिबार बिहान दुर्घटनामा परी भाँचिएको छ। निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल तार्ने क्रममा भार थाम्न नसकी पुल गाडीसहित नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।

स्थानीयका अनुसार बिहानको समयमा मालवाहक गाडी गुडिरहेका बेला अचानक पुलको संरचना चिरिएर ढलेको हो। यस दुर्घटनामा मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले नुम–सेदुवा सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

यो मार्ग प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने मुख्य बाटो भएकाले पर्यटक र स्थानीय बासिन्दालाई निकै सास्ती भएको छ। दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत ठप्प बनेको छ। डिएसपी मैनालीका अनुसार पुलको मर्मत र वैकल्पिक व्यवस्थाका लागि कासुवा हाइड्रोपावर लगायतका निकायसँग समन्वय भइरहेको छ।

प्रहरी टोलीले घटनास्थल पुगेर थप विवरण संकलन गरिरहेको छ। मकालु क्षेत्रको विकास र पर्यटनका लागि मेरुदण्ड मानिने यो पुल भत्किएपछि स्थानीयले अब स्थायी र सुरक्षित पक्की पुल निर्माण गर्न माग गरेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.