निर्वाचन आयोगद्वारा लैङ्गिक सम्पर्क व्यक्ति र महिला अधिकृत परिचालन

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १२:०३

काठमाडौं। निर्वाचन आयोगले आगामी निर्वाचनलाई लैङ्गिक रूपमा समावेशी बनाउन विशेष पहल सुरु गरेको छ। संविधान र कानुनको मर्म अनुसार निर्वाचनका प्रत्येक चरणमा महिला सहभागिता सुनिश्चित गर्न आयोगले राजनीतिक दल, मतदान केन्द्र र स्थानीय तहसम्म लैङ्गिक सम्पर्क व्यक्ति तोकेको हो।

आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार निर्वाचन समावेशी बनाउन आयोग सदैव प्रतिबद्ध छ। आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिका रूपमा महिलालाई नै पठाउन अनुरोध गरेपछि अहिले अधिकांश दलमा महिलाहरू नै सम्पर्क व्यक्तिका रूपमा कार्यरत रहेका छन्।

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको र यसले ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना समन्वय गर्ने उनले बताइन्।

त्यसैगरी, मतदान केन्द्रहरूलाई महिला तथा अपाङ्गता मैत्री बनाउन आयोग गम्भीर रहेको तुलाधरले स्पष्ट पारिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ जना मुख्य निर्वाचन अधिकृत र १८ जना निर्वाचन अधिकृत गरी कुल २१ जना महिलालाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.